~रत्नशम्शेर थापा~

1 comments
(एक)
कुल्ची हिंड हाँसी हाँसी यो छाती तिम्रै बाटो हो

मेरो देह त केही होईन केवल एक थुप्रो माटो हो

गालाको पाटाको लामो धर्सो त्यो घाउ होईन

त्यो त झरी सुकेको आँसुको एक थोपा टाटो हो !

                          (दुई)

तिम्रो आँखाको गाजल बगे मेरो दिन अध्याँरो हुन्छ

तिम्रो ओठको रङ्ग उडे मेरो सपना छारो हुन्छ

जति जति भासिदै जान्छ्यौ तिमी मृत्युको नीलो दहमा

उति उति निस्सासिन्छु म मलाई सास फेर्न गार्‍हो हुन्छ !

                                #

1 comments:

  • wasti said...

    राज्कुमार , मधुवन र रत्न शम्शेर, अशेष सबैका मुक्तक राम्रा छन , । अझै कसिला रचनको आशा छ ।

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service