~राजकुमार वानिया~

3 comments
(एक)

ढकमक्क सिंगारिन खोज्ने 'चेली' दोषी
चुल्ठोमा राख्न तँछाड मछाड 'चमेली' दोषी
बुझ्दै जाँदा मलाई त यस्तो लाग्यो-
चोखो मायाको भूगोलमा 'कोशेली' दोषी !

(दुई)

खूबी होईन आज भोलि पोशाक जाँच्न थालेकोछ

कविता लेख्दैनन् कवि महल रच्न थालेकोछ

उल्टिएर सुल्टो रुन्छ , भोक रुन्छ जताततै-

मादल होईन आज भोलि बादल बज्न थालेकोछ !

                              #

3 comments:

  • Suresh said...

    अनायासै रोक्न आइन मुइँय्याँ रातो टेउसी,
    टेउसी जस्तै लगाएकी उस्तै रातो मेउसी,
    झामाकझिमिक आँखा बनाई केटो छक्क पर्यो,
    पर-पुरुष ताक्ने मुइँय्याँ कति सारो सेउसी !!!!

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service