~जितेन्द्र मल्ल~

3 comments

(एक)
देखे तिम्लाई बोलाइन बात लाग्ला भनी
 आंखा झुकाइ  टोलाइन मात लाग्ला भनी
मनका सबै भावना ती पोखे हर्दम् कागजैमा-
चिठ्ठी तिम्लाई पठाइन खात लाग्ला भनी !!               


                                    
              (दुई)
बियोग को पीडामा दुई प्याला पिए त के बिराएं
मदहोशिमै जीवनका दुई पल जिए त के बिराएं
दुस्ख साथी सुख पाहुना भन्ने गर्छन् जान्नेहरु-
अली अली थियो खुशी त्यो नि सिए त के बिराएं !!
हाल: यूएइ, दुवई

3 comments:

  • Suresh said...

    बूझें अब मैले साथी, तिमी साँच्चै साथी रैछौ,
    मैले बुझे भन्दा साथी, तिमी धेरै माथी रैछौ !!
    मन छुने शब्द पोख्यौ, सारै कोमल मनका रैछौ,
    यस्तो प्रिय साथी तिमी, हेर्दा मात्रै हाथी रैछौ !!

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service