~ज्ञानुवाकर पौडेल~

2 comments
                                        

                 (एक)
अब  न   त्यो  रुप  छ,  न  त्यो  रुपको   नशा बाँकी  छ
अब  न  त्यो  प्रेम  छ,  न  त्यो  प्रेमको   कथा   बाँकी  छ
रोजेथें एउटा फूल यो जीवनमा, कुनैदिन टिप्न जो खोजेंथें-
कसरी बिझेथ्यो काँढा यो मुटुमा, त्यै विफलताको कथा बाँकी छ !!
                 (दुई)
जिन्दगी भन्नु के हो र ,   दौडधूप   संधैंको   हतारो   न  हो
त्यो  रुप  यो यौवन  आहा !   दुइ    दिनको   प्यारो    न  हो
प्रौढताको  यो  संसारमा  टेक्नुपर्दा , किन  आत्तिएछन्   सब-
सुनौला विहानीको गन्तव्य पनि त, आखिर त्यै  अध्याँरो न हो !!

                               #

2 comments:

  • Dhanendra said...

    ज्ञानु दाइ, यो विधालाई पनि उठाउनु पर्‍यो । मुक्तक मञ्च नेपालका सबै वरिष्ठ मुक्तक स्रष्टालाई मेरो तर्फाट सबै सहयोग गर्न इच्छुक रहेको अनुरोध गर्दै हार्दिक बधाइ र उत्तरोत्तर प्रगतिको कामना पनि । - धनेन्द्र भुजेल -मुक्तकसम्बन्धी खोज अनुसन्धानमा लागेको)

  • Devendra said...

    प्रिय ज्ञानु! म निकै खुसि भएं तिमीलाइ देख्दा। यो कुन मंच फेरि तिमीले बनाएछौ? मैले आज पहिलो पटक थाह पाएं। यसको बारेमा लेख केही मलाइ। म क्यानडामा छु अहिले १।२ महिना पछि आउछु। मधुवनजीको कतारको लागि राजदुत नियुक्त हुनु भएछ। कस्तो खुसिको कुरा! तर यहि बेलामा म काठमाडौमा भईन। मेरो बधाइ भनिदेउ।
    देवेन्द्र प्रताप शाह

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service