~ज्ञानुवाकर पौडेल~
(एक)
अब न त्यो रुप छ, न त्यो रुपको नशा बाँकी छ
अब न त्यो प्रेम छ, न त्यो प्रेमको कथा बाँकी छ
रोजेथें एउटा फूल यो जीवनमा, कुनैदिन टिप्न जो खोजेंथें-
कसरी बिझेथ्यो काँढा यो मुटुमा, त्यै विफलताको कथा बाँकी छ !!
(दुई)
जिन्दगी भन्नु के हो र , दौडधूप संधैंको हतारो न हो
त्यो रुप यो यौवन आहा ! दुइ दिनको प्यारो न हो
प्रौढताको यो संसारमा टेक्नुपर्दा , किन आत्तिएछन् सब-
सुनौला विहानीको गन्तव्य पनि त, आखिर त्यै अध्याँरो न हो !!
#

मुक्तक मञ्च डट कम !
साहित्यको छोटो मीठो र चोटिलो विधा मुक्तकको परिष्कार र विस्तारका लागि मुक्तक मञ्च आरम्भ गरिएको हो । तपाईका छोटा मीठा मुक्तकहरु mutakmanch@gmail मा चिटिक्कको छाया-छवि सहित पठाउनुस्....... हामी http://muktakmanch.com मा प्रकाशित गर्दछौ !
Subscribe to:
Post Comments (Atom)
2 comments:
ज्ञानु दाइ, यो विधालाई पनि उठाउनु पर्यो । मुक्तक मञ्च नेपालका सबै वरिष्ठ मुक्तक स्रष्टालाई मेरो तर्फाट सबै सहयोग गर्न इच्छुक रहेको अनुरोध गर्दै हार्दिक बधाइ र उत्तरोत्तर प्रगतिको कामना पनि । - धनेन्द्र भुजेल -मुक्तकसम्बन्धी खोज अनुसन्धानमा लागेको)
प्रिय ज्ञानु! म निकै खुसि भएं तिमीलाइ देख्दा। यो कुन मंच फेरि तिमीले बनाएछौ? मैले आज पहिलो पटक थाह पाएं। यसको बारेमा लेख केही मलाइ। म क्यानडामा छु अहिले १।२ महिना पछि आउछु। मधुवनजीको कतारको लागि राजदुत नियुक्त हुनु भएछ। कस्तो खुसिको कुरा! तर यहि बेलामा म काठमाडौमा भईन। मेरो बधाइ भनिदेउ।
देवेन्द्र प्रताप शाह
Post a Comment