~ रमेश पौडेल ~

7 comments
               

(एक)
अनायाशै नजरमा बस्यौ तिमी
र त परेली हुँदै खस्यौ तिमी
के जादू गर्यौ यसरी तिमीले-
अहिले त मुटु मै पस्यौ तिमी ।
      
                    

(दुई)
तिमी सुन्दर फूल हौ,  नछोउँ  भने  पनि  हात  लाग्छ
नबोलूँ मन मान्दैन,  बोलूँ  भने  त्यसै  बात   लाग्छ
कहिले त के भनूँ म,  बिना  पिएरै  बेहोश  हुन्छु-
तिम्रो नजरको नशा त्यस्तै छ, हेर्ना साथ मात लाग्छ ।

                      #

                            

7 comments:

  • krishna kasti said...

    मीठो लाग्यो , दुबै मुक्तक्मा कविताको बिजुली चमक पाईन्छ । दोस्रोको तुलनामा पहिलो अझ क्सिलो छ ।

  • Dhanendra said...

    गीत गजल कविता आदि लेखनले दाइको जुन निरन्तरता र गति पाएको छ ! त्यसरी नै मुक्तक विधाले पनि फेरि र अझै पनि गति पाओस् मेरो यही कामना दाइलाई....!

  • spiny said...

    पौडेल जी, तपाईंको मन सुन्दर हुनैपर्छ भन्ने मेरो निर्क्योल छ। यति सुन्दर र सरल शब्दको प्रसस्ती रहेछ..... पानीको धारले बग्रेल्ती नघोटिकन कुन ढुङो दर्शन बन्छ र? अरु यस्ता दर्शन ढुङ्गा छैनन्?

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service