~ रमेश पौडेल ~
(एक)
अनायाशै नजरमा बस्यौ तिमी
र त परेली हुँदै खस्यौ तिमी
के जादू गर्यौ यसरी तिमीले-
अहिले त मुटु मै पस्यौ तिमी ।
(दुई)
तिमी सुन्दर फूल हौ, नछोउँ भने पनि हात लाग्छ
नबोलूँ मन मान्दैन, बोलूँ भने त्यसै बात लाग्छ
कहिले त के भनूँ म, बिना पिएरै बेहोश हुन्छु-
तिम्रो नजरको नशा त्यस्तै छ, हेर्ना साथ मात लाग्छ ।
#

मुक्तक मञ्च डट कम !
साहित्यको छोटो मीठो र चोटिलो विधा मुक्तकको परिष्कार र विस्तारका लागि मुक्तक मञ्च आरम्भ गरिएको हो । तपाईका छोटा मीठा मुक्तकहरु mutakmanch@gmail मा चिटिक्कको छाया-छवि सहित पठाउनुस्....... हामी http://muktakmanch.com मा प्रकाशित गर्दछौ !
Subscribe to:
Post Comments (Atom)
7 comments:
great words dai, very romantic and very nice!
wowwww!!!! dherai ramro daai..... loved it!!!! keep it up !!!!
मीठो लाग्यो , दुबै मुक्तक्मा कविताको बिजुली चमक पाईन्छ । दोस्रोको तुलनामा पहिलो अझ क्सिलो छ ।
Ramro lagena.......bhaner ma Bajyale ke bhenthen ra ?
गीत गजल कविता आदि लेखनले दाइको जुन निरन्तरता र गति पाएको छ ! त्यसरी नै मुक्तक विधाले पनि फेरि र अझै पनि गति पाओस् मेरो यही कामना दाइलाई....!
पौडेल जी, तपाईंको मन सुन्दर हुनैपर्छ भन्ने मेरो निर्क्योल छ। यति सुन्दर र सरल शब्दको प्रसस्ती रहेछ..... पानीको धारले बग्रेल्ती नघोटिकन कुन ढुङो दर्शन बन्छ र? अरु यस्ता दर्शन ढुङ्गा छैनन्?
gajjab
Post a Comment