~बसन्ती बास्तोला~

2 comments

                (एक)
ढल्न लाग्दा मेरो खुशी,  धान्ने  एउटा  साथी  भयौ
फुत्कन्छ कि पीर गरेर,  बान्ने  एउटा  साथी भयौ
मलाई लाग्दा चोटहरु तिम्लाई दुख्छ आज भोलि-
हात दिंदा सर्माएर ,  तान्ने   एउटा   साथी  भयौ !
                 (दुई)
आफ्नै मान्छे मुर्छा परी रुँदा कस्तो मान्यौ
वचन वाँणले उस्लाई हानी  छुँदा कस्तो मान्यौ
तिम्रो मेरो बाटो अव फरक हुने  भयो  अरे -
तिम्रै सामु  यो  जिन्दगी धुँदा   कस्तो  मान्यौ !

                        #

2 comments:

  • Suresh said...

    असाध्यै मन पर्यो हौ मलाई त ... यसलाई माथि राख्नुस (I mean "Keep it up")

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service