~प्रकाश आङ्देम्बे ~

3 comments


(एक)

नकाट भन्यो छुरा मान्दैन

नबज भन्यो चुरा मान्दैन

आफ्नै मन पराइ भाछ अचेल-

आफैले भनेकै कुरा मान्दैन !

(दुई)

कुराले संसार धोएर जित्छिन्

मन्दिरको ढुंगा छोएर जित्छिन्

जित्ने आदत वसेछ क्यार-

केही नभए रोएर जित्छिन् !

            #



3 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service