~ वसन्त गौतम~

0 comments

 (एक)
 पाँच मात्रै किन ! सय इन्द्रियले पिएको हुँ,
तिमीलाई पिउन भनेरै, यति माथि तैरिएको हुँ
तिम्रो नि:श्वाशको खातमा अडिएको छु म-
तिम्रै उष्णताको बलमा क्षितिजसम्म फैलिएको हुँ !!   





                                (दुई)

तिमी सधैं नवीन, म उस्तै अधैर्य पर्खिएँ
दिएरै लियौ तिमीले, लिएरै म पोखिएँ
धर्ती सर्वाङ्ग भिजिसक्यो, अब विवाद किन-
तिमी छाल छचल्कियौ या म बादल बर्सिएँ !!

(रचना मिति:मे ९, २००७)
हाल: जापान

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service