~ चेतन कार्की ~

2 comments
              
             (एक)
मेरा निम्ति त बसिनौ पर्खेर तिमीले
हेरिनौ जाँदा पटक्कै फर्केर तिमीले
आज एक्कासी मलाई लाग्दा बाडुली-
सोच्दछु सम्झ्यौ कसरी बिर्सेर तिमीले !
                (दुई)
पीर मनमा बोकेर पनि मुस्कुराउँदै म रहें
गहमा नै छचल्किंदो आँसु लुकाउँदै म रहें
ब्यंूझदा निथ्रुक्क छाती र सिरानी भेटिए-
राती शायद सपनामा आँसु चुहाउँदै म रहें !

   
                         #

2 comments:

  • Dhanendra said...

    स्थापित नेपाली मुक्तक विधाका लागि यस्तै चेतन कार्कीहरू, अनि ज्ञानु वाकर दाइहरू ................ अत्यावश्यक थियो र छ पनि । २०४० को दशकभन्दा पहिले जुन रूपमा मुक्तक लेखन अगाडि बढेको थियो त्यही रूपमा रहेको भए अहिले गजल विधाकै स्थान प्राप्त हुन्थ्यो । तर, काकाकुल बनेको यो मुक्तकिलो मन आज पहिलो चोटि मुक्तक मञ्च नेपाललाई फेसबुकको डिजिटल अनलाइनमार्फ धेरै अघिदेखि भेट्न खोजेको मुक्तकिला हस्ती चेतन दाइलाई देखेर यो कलमी यसको केही प्रतिक्रिया पाउने प्रतीक्षामा छ । हवस् त जय मुक्तक ।-धनेन्द्र भुजेल

  • krishna kasti said...

    चेतन कार्किको मुक्तक परीकछ्याको उत्तर कपी भए म शयमा उनान्शय अङ्क दिएर एक अङ्क चाँहीं गुरु भेटी काट्थें तर दाई भन्ने गरेकाले पछी त्यो पनि ,, फिर्ता गर्थें ।

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service