~आनन्द रानोहोंछा~

0 comments



(एक)
पलाश टिपी शिरमा लाए जुन हुन्छ्यौ तिमी
पाउजु बाँधी छेउमा आए धुन हुन्छ्यौ तिमी
भन्नेले त फलाम् भन्लान्, पित्तल् भन्लान्
कोमल मेरो मनमा छाए सुन हुन्छ्यौ तिमी !
   (दुई)
हजुरबाको तालुलाई नै केश हो भन्छु  म  त
गरिबले जे लाए नि भेष हो  भन्छु  म  त
कहिल्यै उभो नलाग्ने मातृभुमिलाई  पनि अब-
सतिले नै सरापेको देश  हो  भन्छु  म  त !
                    #                              
हाल: बेलिज

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service