~ धनेन्द्र भूजेल ~

0 comments




(एक)
माया नलाऊँ भन्दा भन्दै तिमीले नै फसाएको
एकछिन् एकछिन् भन्दा भन्दै घण्टौँ घण्टा बसाएको
म कहाँ बिर्सन सक्छु र अब तिमीलाई -
मरूभूमि जीन्दगीमा प्रेमसागर रसाएको !
   (दुई)
वर्तमान नेपालमा सर्वोच्चको विचाराधीन केस हुँ म
जीन्दगीको भागबण्डामा नमिलेको अन्तिम शेष हुँ म
मलाई जुनसुकै रूपमा चिने पनि हुन्छ साथी
दुई ढुङ्गा बीचको हराउँदै गरेको देश हुँ म !

                           #
                                                      -रामेछाप

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service