~ नगेन्द्रराज शर्मा ~

0 comments



(एक)
जब  यौवन  यौवन यहाँ  आँखी  छ
आँखा आँखामा आमन्त्रणको झाँकी छ
किन चासो कि, कहाँ रात बिताएँ मैले-
यही काफी छ कि ममा बैंश अझै बाँकी छ ।


(दुई)
मैले मात्र हैन, म जस्ता धेरैले तिमीलाई बदनाम बनाए
वास्तविकता त एउटै थियो, तर हल्ला अनेक अनेक आए
कस- कसको   नाम लिउँ,    क- कस्को   नलिउँ-
ज जस्ले तिमीलाई देखे सबैले बेग्लाबेग्लै कथा बनाए !
...................................#.....................................

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service