~राधिका अधिकारी "आँसु"~

1 comments





(एक) 
हिजो आज खै किन हो आकाश सुन्य लाग्छ
शितलता बोकि हिड्ने वतास सुन्य लाग्छ
छाती भित्र दुख्छ घाउ असजिलो गरि-
सुन्दरता दिने फूलको सुवाश सुन्य लाग्छ !
  (दुई) 
छाती भरि घाउ बोकी किन बाँच्छ मान्छे
हरेक चोटि दुख्छ तर किन हाँस्छ मान्छे
को हो आफ्नो आखिर सबै चोट मात्रै दिन्छन-
तिनकै माया छातिभरि किन साँच्छ मान्छे !
.............#.................

1 comments:

  • bh_tilak said...

    सङ्गै बसी दु:ख पोख्न्ने रात खोजेको हो,,
    अफ्ठेरोमा समाउने हात खोजेको हो||
    नदी पनि बगर बिना बाँच्न कहाँ सक्छे?
    मन मिले जूनी काट्ने साथ खोजेको हो||
    " नवलपरासी"

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service