~आर आर चौलागाईं ~

2 comments




(एक)
घाम झुल्केला भन्दाभन्दै बादलले ढाक्दो रहेछ
घाउ निको होला भन्दाभन्दै बल्झेर पाक्दो रहेछ
कैले पुग्ने होला खै ? ऊ त्यो चुचुरोमा-
मनै त हो नि कहिलेकाहीँ त थाक्दो रहेछ !
(दुई)
देख्दै थिएँ सपना कसैले बिथोलिदियो
लेख्दै थिएँ कविता कसैले चिमोटिदियो
किन सताउँछन्  यी आफन्त भनाउँदाहरू-
हुर्काउँदै थिएँ बिरूवाहरू कसैले निमोठिदियो ।
.........................#.................................
  हेटौँडा-४, मकवानपुर
rrchaulagain@yahoo.com

2 comments:

  • bh_tilak said...

    जती सुन्यो उती मिठा कुरा खुनिका,,,,,,
    छिन्छिन बज्ने हातै भरी चुरा खुनिका||
    भेट हुँदा ठीक्क पार्न कती सम्म सकेको हो?,,,,,
    मुखमा राम राम बगलिमा छुरा खुनिका||
    तिलक "अन्जान"

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service