~ भुवन छेत्री ~

0 comments




  (एक) 
 ओ कवि ! तिम्रो कवितामा देश बोलेको खोइ
स्वाभिमानी हुँ म भन्छौ, भेष बोलेको खोइ
गीत लेख्छौ भरियाको-निमुखाको कथा-
खोइ त नांगा पैतालाको ठेस बोलेको खोइ ?
(दुई)
भोकालाई  भोजन भन्ने उक्ति हराएछ
सत्यम-शिवं-सुन्दरमको सुक्त हराएछ
कुन्नि कसको श्राप लाग्यो मेरो प्रिय देशमा-
निमुखाको बस्तीबाट  मुक्ति  हराएछ !
................#..............................
नयाबज़ार, पोखरा-८




0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service