~तीर्थ श्रेष्ठ~

0 comments
 


(एक)

 तिमीलाई चिट्ठी लेखेको थिंए, जवाफ लेख्यौ कि लेखिनौ
तिमीलाई भनेर गीत लेखेको थिंए, भाखा हाल्यौ कि हालिनौ
सत्य मेरो हजुर,हिजो राती सपनीमा तिमीलाई देख्दा-
सिरानी पल्र्टाई दिएको थिंए, तिमीले मलाई देख्यौ कि देखिनौ ?

(दुई)

लहलहाएका धानका  बालाहरुझैं
सुन्दर सुवासित फूलका मालाहरुझैं
पिई दिन पाए हुने जिन्दगीलाई
मधुशालाका कञ्चन काया प्यालाहरुझैं !
............#................................
पोखरा

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service