~ कमला आँसु ~

0 comments



(एक)  
बिनासित्तै रिसाउँछौ, अनि जोख्न खोज्छौ माया
दुधमा पानी मिसाउँछौ, अनि जोख्न खोज्छौ माया
तिम्रो मेरो बाटो अलग हुँदा पनि जबरजस्ती -
हात समाती घिसाउँछौ, अनि जोख्न खोज्छौ माया !
(दुई)
भक्कानिदै आँसु बगाई रुन सकिएन
काँढा बन्यो जीवन फूल हुन सकिएन
पत्थरमात्र हुन्न होला मानिसको आत्मा-
कोमल नौनी भएर पनि छुन सकिएन !
................#............................
चुलाचुली -७ इलाम

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service