~विवश पोखरेल~

1 comments

        (एक)     
        दृष्टिदोष हो सायद सोझोलाई पनि बाङ्गो देख्छन्,
        आफू नाङ्गिएकाहरू अरुलाई पनि नाङ्गो देख्दछन् 
        विवेकको चुक्कुल खुस्किएपछि कसको के लाग्छ -
        बादलभित्रको सौम्य जूनलाई पनि उदाङ्गो देख्छन् !

        (दुई)
        पूणिर्माको जुनेली रातमा तिमी थियौ
        सुन्दर र स्निग्ध प्रभातमा तिमी थियौ
        आज एकाएक मन दुखेपछि थाहा भो-
        जीवनका घातप्रतिघातमा तिमी थियौ !
       .........................#............................
       biwashpokharel@gmail.com

1 comments:

  • Bhim Prasad Ghimire said...

    आज एकाएक मन दुखेपछि थाहा भो-
    जीवनका घातप्रतिघातमा तिमी थियौ !

    गजब छ विवस दाइ ।

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service