~डा. सर्जना "शिरिष"~

3 comments


(एक)
लपक्कै भिजाउँ भन्छ, माया मेरो बर्षिएर
देखे पनि नदेखेझैं, किन हिंड्यौ तर्किएर
मेरो पनि हृदयमा, तिम्रो जस्तै भाव सागर-
आउँदा जाँदा ताक छोपी,हेर्ने  गर फर्किएर !
 (दुई) 
आफ्नै रोदन आफेनै क्रन्दन, आफैंलाई सुन्छ मान्छे
आफैं राजा आफैं ठूलो, आफ्नै सपना बुन्छ मान्छे
मार्छ,, च्यात्छ, कोपर्छ, अर्कालाई पीडा दिन्छ-
आफ्ना दुनो सोझ्याउने, ढुँगा मन बन्छ मान्छे !
........................#............................

3 comments:

  • यात्री शेखर said...

    आफ्नै रोदन आफेनै क्रन्दन, आफैंलाई सुन्छ मान्छे
    आफैं राजा आफैं ठूलो, आफ्नै सपना बुन्छ मान्छे
    मार्छ,, च्यात्छ, कोपर्छ, अर्कालाई पीडा दिन्छ-
    आफ्ना दुनो सोझ्याउने, ढुँगा मन बन्छ मान्छे !
    nice muktak

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service