~दीपक कौडिन्य~
(एक)
शिर झुकाई कसैसामु हात मल्दै मल्दिन म
गोप्य कुरा कसै सित कहिल्यै पनि खोल्दिन म
तर यौटा कुरा भने क्षमा गर्नु होला मलाई-
कहिले काँही बाहेक सत्य बोल्दै बोल्दिनँ म !
(दुई)
पाईलै पिच्छे बिपत्तीलाई, पगालेकी मान्छे तिमी
तर मनमा सुन्दर सपना सँगालेकी मान्छे तिमी
एक दिन तिम्रो भाग्य खुल्छ,त्यति बेला नबिर्सनू-
मैले सयौं शुभेच्छाले, अँगालेकी मान्छे तिमी !
.....................#.......................

मुक्तक मञ्च डट कम !
साहित्यको छोटो मीठो र चोटिलो विधा मुक्तकको परिष्कार र विस्तारका लागि मुक्तक मञ्च आरम्भ गरिएको हो । तपाईका छोटा मीठा मुक्तकहरु mutakmanch@gmail मा चिटिक्कको छाया-छवि सहित पठाउनुस्....... हामी http://muktakmanch.com मा प्रकाशित गर्दछौ !
Subscribe to:
Post Comments (Atom)
1 comments:
पहिलो चाहिँ राम्रो !
Post a Comment