~मीनु सञ्जीवनी~

0 comments



(एक)
म अलपत्र परेँ, तिम्ले बाटो तताएसी
भोक तिर्खा केही लाग्दैन, तिम्रै यादले सताएसी
म त अर्धपागल जस्तै भई सकेकी थिएँ- 
फेरि परें अलपत्र,  तिम्ले कुरो बताएसी !
(दुई)
तिम्रो यादको असिनाले, चुट्नु चुटेको छ
कालो बादल फाट्ने आसको, त्यान्द्रो टुटेको छ
तिम्लाई ख्याल छैन होला, चर्को घाम र दर्के झरी-
शिर लुकाउने मेरो ओत, तिमीसँग छुटेको छ !
   .............................#.............................
hello_sanjibani@yahoo.com

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service