~आनन्द श्रेष्ठ~

0 comments
  
(एक)
तिम्रा खुशीको आँसु मैले पुछ्न सकिन
मेरो दु:खका आँसु त्यसमा मुछ्न सकिन
तिम्रो मेरो एकै भन्थ्यौ तिमी सधैँभरि मलाई
म दु:खी र तिमी खुशी हुनुको अर्थ बुझ्न सकिन !

(दुई)
मायाँ पाए घरै बसाल्न जान्ने कति छन कति यहाँ
ठाउँ पाए मान्छे पसाल्न जान्ने कति छन कति यहाँ
मेरो तेरो नाता केही चाहिन्न रुन र हाँस्नलाई शहरमा
पैसा पाए आँसु खसाल्न जान्ने कति छन् कति यहाँ !
~~~~~~~~~~~~~~0~~~~~~~~~~~~~   
anshst@gmail.com

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service