(एक)
माया गरी बोलाउँदा ढुङो पनि बोल्दो रै'छ
यही मायाको मल हालेसी उन्यु पनि फुल्दो रै'छ
गज्जब छ यो दुनियाँुनी माया मा नै कैद हुने
माया हाली घोले पछी फलाम पनि घुल्दो रै'छ !
(दुई)
जवानीमा जोश हुँदा, रात पनि भनिएन
कालो होस् या गोरो होस्,जात पनि भनिएन
साधु बनी हिंडे पनि भोक मर्ने,होइन क्यारे
फूलको त कुरै छोडौं, पात पनि भनिएन !
___________________________
धादिङ
2 comments:
म आभारी छु ।
मुक्तक धेरै दमदार लाग्यो .सुभकामना गायत्री छ जी
अर्जुन अपवाद
दोलखा
Post a Comment