~कल्पना अवस्थी~

0 comments


  (एक)
स्वार्थी यो संसारमा कोही छैन साथी भन्नु
झरे सबै नजरमा कोही छैन माथी भन्नु
मतलबी भए हेर सबै नाता गोता पनि
सबै माना रैछ यहाँ कोही छैन पाथी भन्नु !


(दुई)
हिजो सम्म टम्म थिएँ आज हेर खाली भएँ
पातहरु झरी गए शोभाहीन डाली भएँ
ढकमक फुल्दा खेरी लगाउँथे लोभी आँखा
पुजा गर्थे गंगा भनी अहिले त नाली भएँ !
_____________________________

0 comments:

Post a Comment

 

©Copyright 2011 Muktak Manch | info@muktakmanch.com

Email service