(एक)
एक्लै जन्मे, एक्लै हुर्के, एक्लै मर्नु पर्छ अरे
बदलिदै जान्छ पुस्ता नाता अधि सर्छ अरे
जन्मे पछि मर्नै पर्ने सत्यतालाई रोक्ने कसले
पहेलिदै जान्छ अनि पुरानो पात झर्छ अरे !
(दुई)
हरानै पर्दो रै छ प्राण हर्नेहरु सँग
छिनमै वर छिनमै पर सर्नेहरु सँग
सकिन्न रम्न जालीहरुको संसारमा
देखाउदै अमृत बिष बमन गर्नेहरु सँग !
दैलेख
हाल: विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया
0 comments:
Post a Comment